• ५ असोज २०८३, सोमबार
  • २ः०१ दिउँसो

कोशीमा मुख्यमन्त्रीबारे निर्णय छिट्टै हुने : शेरधन राई

प्रकाशित मिति

२०८३ श्रावण १८ गते, सोमबार ०५:२६

१८ साउन २०८३ काठमाडौं – नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको नेतृत्वबारे छिट्टै निर्णय हुने बताएका छन्। पार्टीका प्रदेश सांसदहरूसँगको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुख्यमन्त्री हिक्मत कार्की नै निरन्तर रहने वा नयाँ नेतृत्व चयन गर्ने विषय पार्टीको आन्तरिक छलफलमै रहेको बताए।

National Life

राईका अनुसार नेकपासँग भएको तीन बुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार एमालेकै नेतृत्वमा पुनर्गठन हुनेछ। “जसले नेतृत्व गरे पनि एमालेले नै गर्ने हो, व्यक्ति ठूलो कुरा होइन। सकेसम्म एक–डेढ हप्ताभित्र निष्कर्षमा पुग्छौँ,” उनले भने।

मुख्यमन्त्री चयनको विषय पार्टीको निर्णयअनुसार हुने स्पष्ट पार्दै राईले आफू र हिक्मत कार्कीबीच कुनै व्यक्तिगत विवाद नरहेको बताए। “हामी ३२ वर्षदेखि सहकार्य गर्दै आएका छौँ। शेरधन र हिक्मतबीच द्वन्द्व छ भन्ने प्रचार सत्य होइन, सवाल पार्टीको हो, व्यक्तिको होइन,” उनले स्पष्ट पारे।

Classic Tech Mobile
Classic Tech Desktop

उनले पार्टी अध्यक्षको निर्देशन र तीन बुँदे सहमति कार्यान्वयनका क्रममा केही संवैधानिक तथा प्राविधिक जटिलता देखिएको उल्लेख गर्दै अन्तिम निर्णय पार्टीले नै गर्ने बताए।

प्रतिकृया