• ५ असोज २०८३, सोमबार
  • १०ः२७ बिहान

टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइने, काठमाडौं महानगर र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता

प्रकाशित मिति

२०८३ श्रावण १८ गते, सोमबार ०५:३२

१८ साउन २०८३ काठमाडौं – काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)बीच टेकुस्थित बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउने सम्झौता भएको छ। महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

National Life

सहरमा उत्पादन हुने जैविक फोहरलाई आधुनिक प्रविधिमार्फत व्यवस्थापन गर्दै बायोग्यास, विद्युत् र जैविक मल उत्पादन गर्ने उद्देश्यले सम्झौता गरिएको हो।

एकीकृत दिगो फोहर व्यवस्थापन परियोजनाअन्तर्गत २०७२ मा निर्माण सुरु भई २०७५ देखि सञ्चालनमा आएको प्लान्ट प्राविधिक समस्याका कारण बन्द भएको थियो। प्लान्टबाट दैनिक ३ मेट्रिक टन जैविक फोहर प्रशोधन गरी १४ किलोवाट विद्युत्, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

सम्झौताअनुसार महानगरपालिकाले प्लान्टको सञ्चालन, मर्मतसम्भार र आवश्यक बजेट व्यवस्थापन गर्नेछ भने योग्य सञ्चालक छनोट गरी व्यावसायिक मोडलमा सञ्चालन गर्ने जिम्मेवारी पनि लिनेछ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विस्तृत सम्भाव्यता अध्ययन, उपकरण खरिद, जडान, परीक्षण तथा पुनःस्थापनापछि प्लान्ट महानगरलाई हस्तान्तरण गर्नेछ।

महानगरले यस परियोजनालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्दै फोहरलाई स्रोतमा रूपान्तरण गर्ने ‘चक्रीय अर्थतन्त्र’ (सर्कुलर इकोनोमी) प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। परियोजना सञ्चालनमा आएपछि कुहिने फोहरको दिगो व्यवस्थापन, बञ्चरेडाँडामा पुग्ने फोहरको मात्रा घटाउने, ऊर्जा तथा जैविक मल उत्पादन बढाउने र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास महानगरले व्यक्त गरेको छ।

प्रतिकृया