सिद्धार्थ बैंकको नाफा ४.५४% बढ्यो, एक वर्षमा कमायो ३ अर्ब ५१ करोड
प्रकाशित मिति
२०८३ श्रावण १९ गते, मंगलवार ०९:१४
१९ साउन २०८३ काठमाडौं – सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५४ प्रतिशतले बढी हो।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड १२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब ९ करोड ८६ लाख रुपैयाँबाट बढेर १२ अर्ब ५ करोड १६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, वितरणयोग्य नाफा भने १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७० करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। वित्तीय सूचकतर्फ बैंकको प्रतिसेयर आम्दानी (EPS) २३.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२५.१७ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा (NPL) भने ०.६६ प्रतिशतबाट बढेर १.०६ प्रतिशत पुगेको छ।

हाल बैंकको चुक्ता पुँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९२ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकले ३ खर्ब २७ अर्ब १ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ८७ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ।




प्रतिकृया