• १९ साउन २०८३, मंगलबार
  • १०:५५ बिहान

एनएमबी बैंकको दमदार वित्तीय प्रदर्शन, नाफा ४०% भन्दा बढी वृद्धि

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार ०९:१९

१९ साउन २०८३ काठमाडौं – एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ४ अर्ब १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.६० प्रतिशतले बढी हो।

बैंकका अनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी ८ अर्ब २ करोड ८ लाख रुपैयाँबाट १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड ६२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, फी तथा कमिसन आम्दानी पनि १८.६० प्रतिशतले वृद्धि हुँदै २ अर्ब ५९ करोड ८ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको सञ्चालन नाफा २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

Kamana Sewa

यद्यपि, वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहे पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश घटाउँदा लाभांशयोग्य नाफा १ अर्ब ७५ करोड ९ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.९१ प्रतिशतले कम हो। बैंकको प्रति सेयर लाभांश क्षमता (DPS) ९ रुपैयाँ ८ पैसा रहेको छ।

Classic Tech Desktop

वित्तीय सूचकतर्फ बैंकको निष्क्रिय कर्जा (NPL) ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ। प्रतिसेयर आम्दानी (EPS) २० रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १५ पैसा रहेको छ। हाल बैंकको चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब १५ अर्ब ११ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४९ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

प्रतिकृया