• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

काेराेना अपडेट : १७ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७९ बैशाख २५ गते, आईतवार ०४:४४

२५ बैशाख २०७९, काठमाण्डौं : पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको पीसीआर परीक्षणमा १७ जनामा जनामा संक्रमण पुष्टि भएको हो । यता, १ हजार १०५ जनाको एन्टीजेन परीक्षणमा गर्दा भने कसैमा पनि संक्रमण पुष्टि नभए मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जना निको भएका छन् भने हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् ।

Kamana Sewa

देशभर हाल कोरोना संक्रमणको संख्या ११ लाख १९ हजार १४३४ पुगेको छ । साथै, नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।

Classic Tech Desktop

प्रतिकृया