शासक होइन सेवकको रुपमा काम गर्ने छौँ : सुरेन्द्र श्रेष्ठ (भिडियोसहित)
प्रकाशित मिति
२०७९ बैशाख २५ गते, आईतवार ०५:५२

सुजिता सापकाेटा, २५ वैशाख २०७८, काठमाडौं : मध्यपुर ठिमी नगरपालिका, भक्तपुरमा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठले चुनाबपछि शासक नभएर सेवकको रुपमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् । उनले अघिल्लो नेतृत्व शासकको रुपमा देखिएको भन्दै आफूलगायत गठबन्धनले नगरवासीको सेवाको रुपमा काम गर्ने संकल्प गरेका हुन् ।
विगत ३० वर्षदेखि नेपाली कांग्रेसकाे राजनीतिमा लागेका उनले भने, “अब २-४ दिन दुख गर्नुहोस् , मैले आफ्नो स्लोगनमा नै भनेको छु, हिजोको शासकको रुपमा प्रस्तुत भएको छ, आज हामी शासक होइन सेवकको रुपमा काम गर्ने प्रतिबद्धता गर्न चाहान्छौँ ।” उनले जनमतले निर्वाचित भएको खण्डमा आउने ५ वर्ष सेवक बनेर काम गर्ने जिकीर गरेका छन् ।
साठ्ठी वर्षमाथिका ज्येष्ठ नागरीकलाई निशुल्क स्वास्थ्य बिमा
साठ्ठी वर्षमाथिका ज्येष्ठ नागरीकलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने योजना रहेको मध्यपुर ठिमी नगर उपप्रमुख उम्मेदवार श्रेष्ठले बताएका छन् । उनले यसलाई आफ्नो पार्टीले घोषणापत्रमा समेत उल्लेख गरेको र जनताले विश्वास गरेर जिताएको खण्डमा यस एजेण्डालाई ब्यवहारमा उतार्ने संकल्प समेत गरेका छन् ।
‘जनताको घरदैलोमा पुगेर समस्या समाधान गर्छु‘
नगरप्रमुखका उम्मेदवार श्रेष्ठले जनताको घरदैलोमा पुगेर उनीहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नगरवासी नगरपालिकामा समस्या लिएर आउनपर्ने स्थिति सिर्जना नहुने र आफैँ जनताको घरदैलोमा समस्या बुझ्न पुग्ने समेत बताएका छन् । नगरवासी आफ्नोबारेमा जानाकार रहेको भन्दै उनले मातृभूमिसँग भने, “जसरी मत माग्न आइरहेको छु, त्यसरी नै घर-घरमा आएर बैठक राखेर तपाइँहरुको समस्या समाधान गर्ने छु”, उनले भने । (भिडियो)
प्रतिकृया