• १ असोज २०८३, बिहीबार
  • ७ः०५ बेलुका

शासक होइन सेवकको रुपमा काम गर्ने छौँ : सुरेन्द्र श्रेष्ठ (भिडियोसहित)

प्रकाशित मिति

२०७९ बैशाख २५ गते, आईतवार ०५:५२

सुजिता सापकाेटा, २५ वैशाख २०७८, काठमाडौं : मध्यपुर ठिमी नगरपालिका, भक्तपुरमा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठले चुनाबपछि शासक नभएर सेवकको रुपमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् । उनले अघिल्लो नेतृत्व शासकको रुपमा देखिएको भन्दै आफूलगायत गठबन्धनले नगरवासीको सेवाको रुपमा काम गर्ने संकल्प गरेका हुन् ।

National Life

विगत ३० वर्षदेखि नेपाली कांग्रेसकाे राजनीतिमा लागेका उनले भने, “अब २-४ दिन दुख गर्नुहोस् , मैले आफ्नो स्लोगनमा नै भनेको छु, हिजोको शासकको रुपमा प्रस्तुत भएको छ, आज हामी शासक होइन सेवकको रुपमा काम गर्ने प्रतिबद्धता गर्न चाहान्छौँ ।” उनले जनमतले निर्वाचित भएको खण्डमा आउने ५ वर्ष सेवक बनेर काम गर्ने जिकीर गरेका छन् ।


साठ्ठी वर्षमाथिका ज्येष्ठ नागरीकलाई निशुल्क स्वास्थ्य बिमा

Classic Tech Mobile
Classic Tech Desktop

साठ्ठी वर्षमाथिका ज्येष्ठ नागरीकलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने योजना रहेको मध्यपुर ठिमी नगर उपप्रमुख उम्मेदवार श्रेष्ठले बताएका छन् । उनले यसलाई आफ्नो पार्टीले घोषणापत्रमा समेत उल्लेख गरेको र जनताले विश्वास गरेर जिताएको खण्डमा यस एजेण्डालाई ब्यवहारमा उतार्ने संकल्प समेत गरेका छन् ।


जनताको घरदैलोमा पुगेर समस्या समाधान गर्छु

नगरप्रमुखका उम्मेदवार श्रेष्ठले जनताको घरदैलोमा पुगेर उनीहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नगरवासी नगरपालिकामा समस्या लिएर आउनपर्ने स्थिति सिर्जना नहुने र आफैँ जनताको घरदैलोमा समस्या बुझ्न पुग्ने समेत बताएका छन् । नगरवासी आफ्नोबारेमा जानाकार रहेको भन्दै उनले मातृभूमिसँग भने, “जसरी मत माग्न आइरहेको छु, त्यसरी नै घर-घरमा आएर बैठक राखेर तपाइँहरुको समस्या समाधान गर्ने छु”, उनले भने । (भिडियो)

प्रतिकृया