• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

धादिङको रानिमालामा होमस्टे सम्बन्धी तालिम सुरु

प्रकाशित मिति

२०७६ असार १९ गते, बिहीबार ०७:२३

धादिङ,  धादिङको गल्छि गाउँपालिका ८ रानिमालामा होमस्टे व्यवस्थापन सम्बन्धी ७ दिने तालिम सुरु भएको छ । सात दिन सम्म चल्ने उक्त कार्यक्रम पर्यटन प्रवद्र्धनकका लागि स्थानिय सहभागीता भन्ने नारा सहित सुरु गरीएको हो । पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै घरेलु तथा साना उद्योग विकास समितीको आयोजनामा सन्चालन गरीएको तालिममा गल्छि गाउँपालिका ८ का २१ जना र थाक्रे गाउँपालिका ५ का ६ जना सहित २७ जनाको सहभागीता रहेको थीयो ।

तालिममा होमस्टे अर्थात घरबासको महत्व, स्थानिय स्तरमा होमस्टे सन्चालन अवधारणा, यसले पर्यटन प्रवद्र्धनमा पु¥याउने फाईदा, अतिथी स्वागत र सत्कार, यसको साँस्कृतिक पक्ष, होमस्टेको प्रचार प्रसार लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराईएको हो । सहभागीलाई प्रशिक्षक भुपेन्द्र तिवारीले प्रशिक्षण दिनुभएको हो ।

Kamana Sewa

तालिममा वडा अध्यक्ष भरत तामाङ, उद्योग अधिकृत अर्जुन ज्ञवाली, सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, थाक्रे गाउँपालिका सदस्य रजनी लामा लगायतको आतित्थ्यता रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया