• ३ साउन २०८३, आइतबार
  • ४:५४ बिहान

सन् २०२५ मा कति विदेशी पर्यटक नेपाल आए ?

प्रकाशित मिति

२०८२ पुष १८ गते, शुक्रबार १०:४१

१८ पुस,२०८२ काठमाडौं — सन् २०२५ मा नेपालमा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार डिसेम्बर महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएसँगै वार्षिक आगमन संख्या ११ लाख नाघेको हो ।

अघिल्लो वर्ष सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल आएको तुलनामा सन् २०२५ मा पर्यटक आगमनमा सामान्य वृद्धि भएको देखिएको छ । पर्यटक आगमनको सूचीमा भारत पहिलो स्थानमा रहेको छ । सन् २०२५ मा भारतबाट २ लाख ९२ हजार ४३८ पर्यटक नेपाल आएका छन् । त्यस्तै अमेरिकाबाट १ लाख १२ हजार ३१६ पर्यटक नेपाल भित्रिएका छन् ।

Kamana Sewa

त्यसपछि चीनबाट ९५ हजार ४८०, बेलायतबाट ५८ हजार ६८४, बंगलादेशबाट ५७ हजार ५४५, अस्ट्रेलियाबाट ४९ हजार ३५७, श्रीलंकाबाट ३७ हजार ५५०, थाइल्याण्डबाट ३० हजार २४३, जर्मनीबाट ३० हजार २२७ र जापानबाट २४ हजार ७६३ पर्यटक सन् २०२५ मा नेपाल आएका पर्यटन बोर्डले जनाएको छ ।

Classic Tech Desktop

पर्यटन बोर्डका अनुसार पर्यटक आगमनमा भएको यो वृद्धिले नेपालको पर्यटन क्षेत्र क्रमशः पुनरुत्थानको दिशामा अघि बढिरहेको संकेत गरेको छ ।

प्रतिकृया