• ४ साउन २०८३, सोमबार
  • १:३२ बिहान

नगर प्रमुखको अनुपस्थितीमा नगरसभा सम्पन्न

प्रकाशित मिति

२०७६ असार १९ गते, बिहीबार ०७:४६

भक्तपुर, मध्यपुर थिमि नगरपालिकाको विशेष नगरसभा सम्पन्न गरीएको छ। विवादकाबीच नगरप्रमुख मदनसुन्दर श्रेष्ठको अनुपस्थितीमा उपप्रमुख अञ्जनादेवी मधिकर्मीको अध्यक्षतामा विशेष नगरसभा बैठक सम्पन्न गरीएको हो । बैठकमा नगरसभाका सचिव प्रमुख प्रशासकिय अधिकृत महेश बराल पनिको पनि अनुपस्थिती रहेको थीयो । उहाको स्थानमा बैठकको अध्यक्षता गर्नु भएका उपप्रमुख मधिकर्मीले नगरपालिकाका प्रशासन महाशाखा प्रमुख केशव सिलवाललाई सचिवको जिम्मेवारी तोकिए अनुसार सिलवालले सो जिम्मेवारी लिनु भएको थियो । बैठकले नगरपालिकाले ऐन विपरीत लिँदै आएको एकीकृत सम्पत्तिकर खारेज गरी सम्पत्तिकर मात्र लिने निर्णय गरेको छ।

त्यसैगरी विभिन्न करका दर समायोजन गर्नुका साथै भूमिकरका लागि जग्गाको मूल्यांकन मालपोत कार्यालयको मूल्यांकनलाई लागू गर्ने निर्णय गरेको छ। यसअघि नगरपालिकाले छुट्टै मूल्यांकन गर्दा सर्वसाधरणले गतवर्षको तुलनामा तीन गुणाबढी भूमिकर तिर्नुपर्ने अवस्था थियो। बैठकले भवन निर्माणसम्बन्धी मापदण्डको बाटोतर्फको सेडव्याक छाडेर मात्र घर कम्पाउण्ड लगाउन पाउने व्यवस्था हाललाई लागू नगर्ने निर्णय गरेको छ। यसले घर निर्माण सम्पन्न गरी सम्पन्नको प्रमाणपत्र लिन बाँकी हजारौं नगरवासीलाई राहत मिल्ने अपेक्षा गरिएको छ। बैठकले नगरप्रमुखको एकल तोक आदेशमा सञ्चालन भएका योजना र ती योजनाहरूमा गरिएको भूक्तानीका सम्बन्धमा छानविन गर्न पाँच सदस्ययीय समिति गठन गर्ने निर्णय गरेको छ। त्यसैगरी नगरप्रमुख श्रेष्ठले गरेको कमेरोटार जग्गा एकीकरण आयोजनाको आयोजना प्रमुख नियुक्ती बदर गरी नगरपालिकाका योजना महाशाखा प्रमुखलाई नै जिम्मेवारी दिने निर्णयसमेत गरेको छ। विशेष नगरसभाले नगरपालिकाका विभिन्न ऐनसमेत पारित गरेको छ। सभाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल सञ्चालन ऐन २०७६, कृषि तथा सहकारी ऐन २०७६, खेलकुद समिति ऐन २०७६ लगायतका ऐन पारित गरेको हो।

Kamana Sewa

 

Classic Tech Desktop

यसअघि बुधवार हिजो बिहान ११ बजेका लागि बोलाइएको विशेषनगरसभा बैठक प्रमुख प्रशासकिय अधिकृत महेश बरालले सूचना टाँसेर दिउँसो २ बजेसम्मका लागि स्थगित गर्नु भएको थीयो । नगरसभा बैठकमा वडा नं. ७ का वडाअध्यक्ष कृष्णकुमार प्रजापतिले नगरपालिकाले सभासदलाई सूचनाको हकबाट वञ्चित गरेको आरोप लगाउनु भयो । विशेष नगरसभामा उपस्थित हुने व्यवहोराको पत्र पठाएको तर विशेष नगरसभामा छलफल हुने विषयवस्तू समावेश नगरेर नगरपालिकाले सूचनाको हकबाट वञ्चित गरेको उहाको आरोप थियो। उहाले भन्नुभयो, ’किन विशेष नगरसभा बस्ने, के के विषयमा छलफल हुने सो को विवरण नपठाएर नगरसभासदको भूमिकालाई अवमूल्यन गरेको देखियो।’ यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बरालले विशेष नगरसभा बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको सूचना प्रकाशन गरेको छ।

बरालले हस्ताक्षर गरेको सूचनामा ‘नगरप्रमुख श्रेष्ठले प्रदेश नं. ३, प्रदेशसभाद्धारा जारी नगरसभा सञ्चालन (कार्य्विधि) सम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिमको परिस्थिती उत्पन्न भई नियमित रुपमा सञ्चालन गर्न बाधा पर्ने भनी नगरप्रमुखले सोही दफाले दिएको अधिकार प्रयोग गरी अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेको व्यवहोरा नगरसभासदहरुमा जानकारी गराईन्छ’ उल्लेख गरिएको छ। नगरप्रमुख श्रेष्ठले बैठकको ऐजेण्डामा सहमति नभएकोले बैठक स्थगित गरेको बताउनु भयो । उहाले बैठकको ऐजेण्डाको विषयमा दिउँसो १ बजेसम्म उपप्रमुखसहितको टोलीसँग धनिभूत छलफल भएपनि सहमति हुन नसकेपछि अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेको जानकारी दिनुभयो ।

प्रतिकृया