• ४ साउन २०८३, सोमबार
  • ३:२४ बिहान

श्वीक जलवायु परिवर्तनका संभावित प्रभाव

प्रकाशित मिति

२०७८ कार्तिक ५ गते, शुक्रबार १२:३१

डा. केदार कार्की
जलवायु परिवर्तनको प्रमुख कारण वैश्वीक तापन हो । जुन हरितगृहको परिणाम भानिन्छ । हरित गृह प्रभाव त्यो प्रकृया हो जसमा पृथ्वीको सतहसँग टकराएर फर्कने सूर्यका किरणहरु वातावरणमा उपस्थित केही ग्यासहरु अवशोषित गरी लिन्छन् परिणामस्वरुप पृथ्वीको तापमानमा बृद्धि हुन्छ । कार्वनडाइअक्साइड, मिथेन, क्लोरोफ्लोरोकार्बन्स, नाइट्रस अक्साइड क्षोभमण्डलीय ओजोन ती मुख्य ग्यास हुन जुन हरित गृहप्रभावका लागि उत्तरदायी हुन्छन् । वातावरणमा यी ग्यासहरुको निरन्तर बढ्दो मात्राले वैश्वीक जलवायु परिवर्तनको खतरा दिनदिनै बढ्दै गइरहेको छ ।


हरितगृह प्रभावले गर्दा अनेक क्षेत्रहरुमा औसत तापमानमा बढोत्तरी भएको देखिएको छ । वैज्ञानिकहरुको भविष्यवाणीका अनुसार वर्ष २०२० सम्म दुनियाको तापमान पछिल्लो १००० वर्षहरुको तुलनामा सर्वाधिक हुनेछ । अन्तरशासकीय जलवायु परिवर्तन पैनलले वर्ष १९९५ मा भविष्यवाणी गरेका थिए कि यदि मौजुदा प्रवृत्ति जारी रह्यो भने २१ सौं शताब्दीमा तापमानमा ३.५ देखि १० डिग्री सेल्सीयस सम्मको बृद्धि हुनेछ । बिसौं शताब्दीमा विश्वको सतहको औसत तापमान ०.६ डिग्री सेल्सीयससम्म बढेको छ । यस शताब्दीको पहिलो दशक (२०००–२००९) अहिलेसम्मको सबैभन्दा उष्ण दशक रहेको छ जस्ले यो सावित गर्दछ कि हरितगृह प्रभावको परिणाम स्वरुप जलवायु परिवर्तनको बेला शुरु भइसकेको छ । वैश्वीक जलवायु परिवर्तनका अनेकन प्रभाव हुनेछन् जसमध्येबाट धेरैजसो हानिकारक हुनेछन् ।

Kamana Sewa

वैश्वीक जलवायु परिवर्तनका संभावित प्रभाव
जलवायु परिवर्तनको प्रभाव मानव स्वास्थ्यमा पर्नेछ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार जलवायुमा तापनकाकारण श्वास तथा हृदय सम्बन्धी रोगहरुमा बृद्धि हुनेछ । दुनियाका विकासशील देशहरुमा झाडापखाला, पेचीस हैजा, क्षयरोग, पित ज्वरो तथा म्यादी ज्वरो जस्ता संक्रामक रोगहरुको बारंबारतामा वृद्धि हुने छ । किनकी रोग फैलाउनेखाले रोगबाहहरुको गुणन एवं विस्तारमा तापमान एवं बर्षाको महत्वपूर्ण भूमिका हुन्छ ।

Classic Tech Desktop

अतः दक्षिण अमेरिका, अफ्रिका तथा दक्षिण पूर्व एसियामा लामखुट्टेहरुबाट फैङे रोगहरु जस्तै मलेरिया, डेंगु, पहेंलो ज्वरो तथा जापानी ज्वरोको प्रकोपमा बढोत्तरीका कराण यी रोगहरुका कारण हुने मृत्युदरमा बृद्धि हुनेछ । यस बाहेक हात्तीपाइले तथा चिकन गुनियाको पनि प्रकोप बढ्नेछ । लामखुट्टेजनित रोगहरुको विस्तार उत्तरी अमेरिका तथा युरोपका चिसो देशहरुमा पनि हुनेछ । हनम्रो आफ्नै परिवेशमा विगतमा तराईमा मात्र देखिने जापानी ज्वरो, डेंगु, मलेरिया हिजोआज पहाडी, मध्यपहाडी तथा हिमाली क्षेत्रमा पनि नियमित देखिन थाल्नुले पुष्टि गर्दछ । मानव स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभावले गर्दा एउटा ठूलो जनसंख्या विस्थापित हुनेछ जसलाई पर्यावरणीय शरणार्थी भनिनेछ ।

जलवायु परिवर्तनको फलस्वरुप रोगाणुहरुमा बढोत्तरीका साथसाथै यिनको नयाँ प्रजातिहरु विकसित हुनेछन् जसको परिणामस्वरुप बालिनालीहरुको उत्पादकतामा विपरित प्रभाव पर्नेछ । बालिनालीहरुको किरा फट्याङ्ग्रा नाशीजीवहरु तथा रोगाणुहरुबाट सुरक्षाको लागि नाशी जीवननाशकहरुको उपयोग मात्रामा बढोत्ती हुनेछ जसले गर्दा वातावणा प्रदूषित हुनेछ साथै मानवीय स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्नेछ । वैश्वीक जलवायु परिवर्तनको परिणामस्वरुप दुनियाको मनसुनी क्षेत्रहरुमा वर्षमा बृद्धि हुनेछ जसले गर्दा बाढी, भुस्खलन तथ भूमी अपरदान जस्ता समस्या पैदा हुनेछ । पानीको गुणस्तरमा गिरावट आउने छ । वैश्वीक जलवलयु परिवर्तनले जलश्रोतहरुको वितरणमा पनि प्रभाव पर्नेछ ।

उच्च अक्षांश भएका देशहरुमा तथा दक्षिण पूर्व एसियाका जलश्रोतहरुमा पानीको अधिकता हुनेछ जवकी मध्य एसियामा पानीको कमी हुनेछ । न्यून अक्षांश भएका देशहरुमा पानीको कमी हुनेछ । जलवायु परिवर्तनका कारण ध्रुवीय हिँऊ पग्लिनाले विश्वको औसत समुद्री जलस्तर एक्काइसौं शताब्दीको अन्त्यसम्म ९ देखि ८८ सेमीसम्म बढ्ने सम्भावना छ जसबाट छ जसबाट दुनियाको आधिभन्दा बढी आवादी जुन समुन्द्र बाट ६० कि.मी. को दूरीमा अवस्थित छन् तिनमाथी विपरित प्रभाव पर्नेछ । बंगलादेशको गंगा–ब्रम्हपुत्र, डेल्टा, मिश्रको नील डेल्टा तथा मार्शलद्विप र मालदिव सहित अनेकौं साना द्विपको अस्तित्व वर्ष २१०० सम्म समाप्त हुनेछ ।

वैश्वीक जलवायु परिवर्तनको प्रभाव समुद्रमा पाइने जैविक विविधता सम्पन्न प्रवल भित्तिहरु (Coral reefs) माथि पर्नेछ जसलाई महासागरहरुको उष्ण कटिबन्धिय वर्षा पनि भनिन्छ । समुन्द्री पानीमा उष्णताको परिणमस्वरुप Algae हरुमा प्रतिकूल प्रभाव पर्नेछ जसले कि प्रवाल भित्रीहरुलाई भोजन तथा वर्ण उपलब्ध गराउँछन् । उष्ण महासागर विरंजन (Bleaching) प्रक्रिायको कारक हुनेछ जो यी उच्च उत्पादकता भएका पारीतन्त्रहरु (Ecosystems) लाई नष्ट गर्नेछ । प्रशान्त महासागरमा वर्ष १९९७ मा अलनिनोको कारण बहेको ताजको तीब्रता प्रवालहरुको मृत्युको सबैभन्दा गम्भीर कारण बनेको थियो । एक अनुमानका अनुसार पृथ्वीको लगभग १० प्रतिशत प्रवाल भित्रीहरुको मृत्यु भइसकेको छ । ३० प्रतिशत गम्भीर रुपले प्रभावित भएका छन् तथा ३० प्रतिशतको क्षरण भएको छ ।


ग्लोवल कोरल रीप मोनिटरिङ्ग नेटवर्क अष्ट्रेलियाको अनुमान अनुसार वर्ष २०५० सम्ममा सबै प्रवल भित्रीहरुको मृत्यु हुनेछ । जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा पनि असर पर्नेछ । संयुक्त राज्य अमेरिकामा बालिनालीहरुको उत्पादकत्वमा कमी आउने छ जवकी अर्कोतिर उत्तरी र पूर्वी अफ्रिकामा, मध्य पश्चिम देशहरु नेपाल, पश्चिमी देश मेक्सीकोमा गर्मी तथा चिस्यानले गर्दा वालीनालीहरुको उत्पादकतामा बढोत्तरी हुनेछ । वर्षा जलको उपलब्धताको आधारमा धानको क्षेत्रफल बढ्न सक्नेछ ।


वातावरणमा ज्यादा उर्जाको संलग्नताले वैश्वीक वायु पद्धति (Global wind pattern) मा पनि परिवर्तन हुनेछ । वायु पद्धतिमा परिवर्तनको परिणामस्वरुप वर्षा असमान हुनेछ । भविष्यमा मरुभूमिहरुमा बढी वर्षा हुनेछ जवकी यसको विपरित पारंपारिक कृषि हुने क्षेत्रहरुमा कम वर्षा हुनेछ । यस किसिमको परिवर्तनले ठूलोममात्रामा मानवीय बसाइसराईलाई प्रोत्साहित गर्नेछ । जसले मानव समाजको सामाजिक, आर्थिक तथा राजनैतिक ढाँचालाई प्रभावित गर्नेछ । वैश्वीक जलवायु परिवर्तनको फलस्वरुप बाढी खडेरी तथा आँधी, तुफान, टोर्नाडो जस्ता प्राकृतिक आपदहरुको बरंवारतामा बृद्धिको कारण अन्न उत्पादनमा गिरावट आउने छ । स्थानीय खद्यान्न उत्पादनमा कमी, भोकमरी र कुपोषणको कारण बन्नेछ जसबाट स्वास्थ्यमा दीर्धकालिन प्रभाव पर्नेछ । खाद्यान्न र पानीको कमीबाट प्रभावित क्षेत्रहरुमा समुदायहरुबीच द्वन्द्व हुनेछ ।


जलवायु परिवर्तनको प्रभाव जैविक विविधतामा पर्नेछ । कुनै पनि प्रजातिको अनुकुलनका लागि समयको आवश्यकता पर्दछ । वातावरणमा आकस्मिक परिवर्तनले अनुकुलनको अभावमा त्यसको मृत्यु हुनेछ । जलवायु परिवर्तनको सर्वाधिक प्रभाव समुन्द्रको तटिय क्षेत्रहरुमा पाइने दलदली क्षेत्रका वनस्पतीहरुमा पर्नेछ जसले तटलाई स्थिरता प्रदान गर्नका साथसाथै समुन्द्री जीवहरुको प्रजननको लागि आदर्श स्थल प्रदान गर्छ । दलदली वन ९ःबलनचयखभ ायचभकत० जसलाई ज्वारीय वन पनि भनिन्छ जसले तटीय क्षेत्रहरुलाई समुन्द्री तुफानहरुबाट रक्षा गर्ने काम पनि गर्दछ । जैविक विविधताको कारणले गर्दा पारिस्थितिक असन्तुलनको जोखिम बढ्नेछ ।


अब पनि जलवायुव परिवर्तनका बारेमा हामी सबैले सोचेनौं भने भोलीका दिनमा जलवायु परिवर्तनले गर्दा पृथ्वीमा रहने सबै प्राणीहरुलाई असर पु¥याउने छ । यसका लागि देशैभरी वातावरण मैत्री कार्यक्रम युद्धस्तरमा संचालन गर्न अपरिहार्य छ । जलवायु परिवर्तनमा धनी र औद्योगिक मुलुकहरुको मात्र योगदान छ हाम्रो केही छैन भन्दै यसको प्रभाव न्यूनीकरणका उपायहरुमा अहिलेदेखि नै नलाग्ने हो भने हाम्रो आर्थिक हैसियतले यसबाट पर्न सक्ने खाद्यान्न र पानीको संकटबाट बचाउन सकिदैन । नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म यस विषयलाई गम्भीरतापूर्वक लिने चेतना जागृत होस् । अहिलेलाई यतिमात्र भन्न सकिन्छ ।

प्रतिकृया