• ४ साउन २०८३, सोमबार
  • ३:२४ बिहान

सफल सिरिज चलचित्र ‘कबड्डी’को चौथो श्रृङ्खलाको छायांकन सुरु

प्रकाशित मिति

२०७८ कार्तिक ५ गते, शुक्रबार १२:१६

५ कार्तिक, २०७८ काठमाडौँ : निर्देशक रामबाबु गुरुङको सफल सिरिज चलचित्र ‘कबड्डी’को चौथो श्रृङ्खलाको छायांकन मुस्ताङबाट सुरु हुने भएको छ । यो चलचित्रको छायांकनका लागि निर्देशक गुरुङ सहितको टोली ३ दिन अगाडि मुस्ताङ पुगेको थियो । यस्तै, चलचित्रका कलाकार र प्राविधिक टोली बिहिबार मुस्ताङतर्फ प्रस्थान गरेको छ ।


मुस्ताङमा रहेका निर्देशक गुरुङले भने–‘यसपटक हामीले ३५ दिनको सेड्यूल नै मुस्ताङमा छायांकन गर्दैछौ । म लगायत केही टोली ३ दिनदेखि यतै छ । कलाकारसहितको बाँकी टोली आज आइपुग्छ । तयारी अनुसार काम गर्न सकियो भने भोलीबाट हामी छायांकन सुरु गर्नेछौं ।’

Kamana Sewa

मणिराम पोखरेल निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ ।

Classic Tech Desktop

निर्देशक गुरुङले सबै कुरा मिल्यो भने आफूले चलचित्रको प्रदर्शन मिति पनि चाडै तय गर्ने बताए । उनले भने–‘कोरोनाको तेश्रो भेरियन्ट आएन भने हामी यसपटक चलचित्र रिलिजका लागि प्रतिक्षा गर्ने सोचमा छैनौं ।’ रामबाबुले यो चलचित्रलाई ‘कबड्डी ४’ सिरिजको फाइनल गेम भनेका छन् ।

प्रतिकृया