• १४ असार २०८३, आइतबार
  • ३:४३ बेलुका

विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग, प्रधानमन्त्रीको अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान

प्रकाशित मिति

२०८३ असार १४ गते, आईतवार ०२:३९

१४ असार २०८३ काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) ले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई बेकसुर रहेको दाबी गर्दै तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाए।

उनले गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको आरोपलाई आधार बनाएर विपक्षी दललाई तर्साउने र विशेषगरी एमालेलाई बदनाम गर्ने उद्देश्यले पक्राउ गरिएको दाबी गरे। सांसद कँडेलले प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै उक्त अभिव्यक्तिका लागि सार्वजनिक रूपमा माफी माग्न र संसदको अभिलेखबाट हटाउन माग गरे।

Kamana Sewa

‘यस्तो राष्ट्रघाती अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्छ। अभिलेखबाट विवादास्पद अभिव्यक्ति हटाइनुपर्छ,’ उनले भने। कँडेलले सरकार अपराधीलाई उन्मुक्ति दिने र करका दरसम्बन्धी सूचना चुहाएर बिचौलियालाई लाभ पुर्‍याउने काममा लागेको आरोपसमेत लगाए।

Classic Tech Desktop

उपाध्यक्ष विष्णु पौडेललाई गत साता सुर्खेतबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

प्रतिकृया