• १५ असोज २०८३, बिहीबार
  • ३ः२३ दिउँसो

प्रतिनिधि सभामा उठ्यो रास्वपाका बाल सदस्यको विषय, कांग्रेसले गरायो ध्यानाकर्षण

प्रकाशित मिति

२०८३ असार १४ गते, आईतवार ०२:३४

१४ असार २०८३ काठमाडौं- प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सरकार र संसदको ध्यानाकर्षण गराएको छ। आइतबार प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रेनुका काउचा ले रास्वपाको हालै सम्पन्न महाधिवेशनमा प्रस्तुत आधिकारिक तथ्यांकअनुसार ३५ हजारभन्दा बढी बालबालिका पार्टी सदस्य रहेको उल्लेख गरिएको भन्दै यसप्रति गम्भीर प्रश्न उठाइन्।

National Life

उनले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउने कार्य नेपालको प्रचलित कानुनविपरीत हुने दाबी गर्दै रास्वपाले आफूलाई संविधानभन्दा माथि ठानेको हो भन्ने प्रश्न गरिन्।

सांसद काउचाले यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी र संसद दुवैको ध्यानाकर्षण गराउँदै कानुनअनुसार आवश्यक स्पष्टिकरण र कदम चाल्न आग्रह गरिन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया