• १६ असोज २०८३, शुक्रबार
  • ११ः१९ बिहान

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको आजपनि विरोध

प्रकाशित मिति

२०८३ श्रावण २५ गते, सोमबार ०१:३५

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।

National Life

सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्।

गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने तथा अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएका छन्। तर, हालसम्म प्रधानमन्त्री शाहले त्यसबारे स्पष्टीकरण दिएका छैनन् भने सभामुख अर्यालले पनि उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छैनन्।

यसै विषयलाई लिएर सोमबारको बैठकमा पनि विपक्षी सांसदहरूले विरोध जनाएका हुन्।

प्रतिकृया