• १६ असोज २०८३, शुक्रबार
  • ११ः१९ बिहान

कांग्रेसको माग– प्रधानमन्त्री बालेनलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाइयोस्

प्रकाशित मिति

२०८३ श्रावण २५ गते, सोमबार ०१:४५

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङमार्फत प्रतिनिधिसभामा उपस्थित गराई जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गरेको छ।

National Life

सोमबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रेनुका काउचाले समय लिएर बोल्दै संसद्मा उठेका प्रश्नको जवाफ माग गर्नु सभामुख र प्रधानमन्त्री पदको गरिमा जोगाउन तथा सरकारलाई जवाफदेही बनाउन आवश्यक रहेको बताइन्।

उनले सभामुखलाई प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउन आग्रह गरिन्। कांग्रेस प्रधानमन्त्रीलाई घेराबन्दी गर्न नभई जवाफदेही बनाउन र सरकारलाई सफल बनाउन चाहेको उनको भनाइ थियो।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद काउचाले प्रधानमन्त्री शाह एक्लो नभएको भन्दै राष्ट्रिय हितका विषयमा अघि बढ्दा प्रतिपक्षले साथ दिने प्रतिबद्धता पनि जनाइन्। तर, संविधानभन्दा माथि कोही नरहेको र संसद्भन्दा ठूलो राजनीतिक मञ्च अर्को नभएको उनले बताइन्।

सीमासम्बन्धी विषयमा संसद्मा निरन्तर प्रश्न उठिरहेको भन्दै उनले त्यसको जवाफ प्रधानमन्त्री शाहले अनिवार्य रूपमा दिनुपर्ने माग गरिन्।

प्रतिकृया