• १५ असोज २०८३, बिहीबार
  • १ः११ राती

नेप्से ७.३७ अंकले घट्यो, कारोबार ४ अर्ब २१ करोड

प्रकाशित मिति

२०८३ श्रावण २९ गते, शुक्रबार ०३:१९

२९ साउन २०८३ काठमाडौं – साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेर २ हजार ६४३.८३ बिन्दुमा झरेको छ। आज ३४४ कम्पनीका ९५ लाख ९१ हजार कित्ता शेयर किनबेच भएका छन्।

National Life

दिनभरमा कुल ४ अर्ब २१ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका उपसूचकमध्ये ९ वटा घटेका छन् भने ४ उपसूचकमा सुधार देखिएको छ। आज इन्भेष्टमेन्ट समूहको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ।

समग्र बजार परिसूचक घटेसँगै लगानीकर्ताको कारोबार गतिविधिमा पनि मिश्रित प्रभाव देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया