आजदेखि चैतका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, औसत दरमा सामान्य गिरावट
प्रकाशित मिति
२०८२ चैत्र १ गते, आईतवार ०९:४७
१ चैत,२०८२ काठमाडौं- चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। आजदेखि लागू हुने गरी प्रकाशित ब्याजदर अनुसार फागुन महिनाको तुलनामा अधिकतम औसत ब्याजदरमा सामान्य गिरावट आएको छ।
नयाँ दर अनुसार चैत महिनामा व्यक्तिगततर्फ औसत ब्याजदर ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशतमा झरेको छ। जबकि फागुन महिनामा व्यक्तिगततर्फ ४.५६ प्रतिशत र संस्थागततर्फ ३.३३ प्रतिशत ब्याजदर रहेको थियो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ वटा बैंकले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक रहेका छन्।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर आजदेखि लागू भएको छ।





प्रतिकृया