• १८ असोज २०८३, आइतबार
  • ९ः४१ बिहान

बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ०९:२७

१ चैत,२०८२ काठमाडौं-  बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत १ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको छ।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। सोमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभाविततर्फ छुट्याइएको सेयरमध्ये ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्रका लागि रहेको छ। यसअन्तर्गत सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२, ३ र ४ का स्थानीयले आवेदन दिन सक्नेछन्। त्यस्तै ३ लाख १२ हजार कित्ता प्रभावित क्षेत्रका लागि छुट्याइएको छ, जसमा सोलुदूधकुण्ड नगरपालिका–५, ६, ७ र ११ का स्थानीयले आवेदन दिन सक्नेछन्। बाँकी २ लाख ८ हजार कित्ता न्यून प्रभावित क्षेत्रका लागि छुट्याइएको छ, जसमा सोलुखुम्बुका अन्य क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावितले चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत ५ गतेसम्म आवेदन दिन पाउनेछन्।

आयोजना प्रभावितले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता पाएका सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै एनएमबि बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखाबाट पनि आवेदन फाराम पाउन र बुझाउन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया