• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

सानै उमेरदेखि बालबालिकाका नाममा बैंक खाता खोल्न राष्ट्र बैंकको आग्रह

प्रकाशित मिति

२०८२ माघ २० गते, मंगलवार ११:१४

२० माघ,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले अभिभावकहरूलाई सानै उमेरदेखि आफ्ना बालबालिकाको नाममा बैंक खाता खोल्न र बचत गर्ने बानी बसाल्न आग्रह गरेको छ। यसले बालबालिकामा वित्तीय चेतना बढाउने तथा भविष्यका लागि योजनाबद्ध बचत गर्न मद्दत पुग्ने राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकका अनुसार जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा कुनै पनि बैंक वा वित्तीय संस्थामा बालबालिकाको खाता खोल्न सकिन्छ। यस्तो खाता खोल्दा बालबालिका कानुनी रूपमा बालिग नभएसम्म खाता सञ्चालनको अधिकार अभिभावक वा संरक्षकसँगै रहन्छ। बालबालिका बालिग भएपछि बैंक वा वित्तीय संस्थामा गई आधिकारिक हस्ताक्षर र अन्य विवरण अद्यावधिक गरेपछि खाता सञ्चालनको अधिकार बालबालकलाई हस्तान्तरण हुन्छ।

Kamana Sewa

प्रतिकृया