• ४ साउन २०८३, सोमबार
  • २:०८ बिहान

काठमाडौंमा बुधबार साँझ वर्षा, बिहीबारदेखि मौसम खुल्ने

प्रकाशित मिति

२०८२ माघ १४ गते, बुधबार ०४:४५

१४ माघ,२०८२ काठमाडौं – बुधबार साँझ काठमाडौंसहित देशका केही भागमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ। यो प्रणाली पश्चिमी भू-भागबाट प्रवेश गरी तीव्र गतिमा उत्तरपूर्वतिर सर्दैछ।

मौसमविद् विनु महर्जनले देशका उच्च पहाडी र हिमाली भू-भागमा पूर्णतया र बाँकी भागमा साधारणतया बादल लागेको जानकारी दिएकी छन्। यस प्रणालीले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षा गराएको छ।

Kamana Sewa

महर्जनका अनुसार मौसम बुधबार साँझदेखि सुधार हुन थाल्नेछ र बिहीबारदेखि पूर्ण रूपमा खुल्नेछ।

Classic Tech Desktop

प्रतिकृया