बिदेशमा रहेका प्रेमीलाई बोलाएर श्रीमान् र सासूको हत्या
प्रकाशित मिति
२०८२ माघ १४ गते, बुधबार ०४:३२
१४ माघ,२०८२ काठमाडौं – बाराको परवानीपुरकी सुमित्रादेवी र उनका छोरा रामेश्वर मण्डलको हत्या उनकी श्रीमती २३ वर्षीया मानिता देवी र उनका प्रेमीको योजनामा भएको प्रहरी अनुसन्धानले खुलेको छ।
प्रहरीका अनुसार मानिताको प्रेमी हालै दुबईबाट नेपाल आएका थिए र उनीसँगै हत्या योजना लिएर बारा पुगेको पाइयो। अनुसन्धानमा प्रहरीले मानिता र प्रेमीसहित एक युवकलाई पक्राउ गरेको छ भने एक व्यक्ती भारततर्फ भागेको आशंकामा खोजी जारी राखेको छ।
घटनामा सुमित्रादेवी (४६) र रामेश्वर मण्डल (२८) घरभित्रै चक्कुले प्रहार गरी हत्या गरिएको थियो। मृतक रामेश्वरका बुबा जगरुप मण्डल (५०) र बहिनी रिणा मण्डल (२०) घाइते भएका छन्। घाइतेको स्थानीय एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले हत्या “सुपारी” मार्फत कन्ट्र्याक्ट किलर प्रयोग गरी गरिएको हुनसक्ने आशंका गरेको छ। घटनाको थप अनुसन्धान जारी छ।







प्रतिकृया