• १९ असोज २०८३, सोमबार
  • १०ः३५ राती

हिमालयन बैंकको नाफा १५ प्रतिशत घट्यो

प्रकाशित मिति

२०८२ माघ १५ गते, बिहीबार ०९:०५

१५ माघ,२०८२  काठमाडौं – हिमालयन बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब २९ करोड २६ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले कम हो। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५१ करोड ८७ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

National Life

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१८ प्रतिशतले घटेर ४ अर्ब ७० करोड २३ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ। यस्तै, सञ्चालन नाफा ३ अर्ब १२ करोड ३३ लाख ६९ हजार रुपैयाँबाट घटेर १ अर्ब ८५ करोड ३७ लाख ८७ हजार रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

२२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ३० करोड ८७ लाख ५५ हजार रुपैयाँ रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.९६ प्रतिशत पुगेको छ। प्रतिसेयर आम्दानी ११.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७४.२३ रुपैयाँ रहेको बैंकले जनाएको छ।

प्रतिकृया