नबिल बैंकको खुद नाफामा उल्लेख्य सुधार
प्रकाशित मिति
२०८२ माघ १५ गते, बिहीबार ०९:११
१५ माघ,२०८२ काठमाडौं – नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो।
बैंकको नाफा वृद्धि खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै इम्पेरमेन्ट चार्ज रिभर्स हुनुका कारण भएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशतले बढेर ८ अर्ब ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २६.९५ प्रतिशतले वृद्धि भई ६ अर्ब ५७ करोड २६ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ।

३२ अर्ब ५ करोड ६९ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष ३६ अर्ब ७० करोड १० लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्म बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ। वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ। खराब कर्जा ४.९३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा सीमित भएको छ।




प्रतिकृया