• १९ असोज २०८३, सोमबार
  • १०ः३५ राती

एनआईसी एशिया बैंकको नाफा घट्यो

प्रकाशित मिति

२०८२ माघ १५ गते, बिहीबार ०९:१७

१५ माघ,२०८२  काठमाडौं – एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म १५ करोड १७ लाख ३० हजार रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ११ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.५४ प्रतिशतले कम हो।

National Life

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने इम्पेरमेन्ट चार्ज बढेकाले नाफामा नकारात्मक असर परेको बैंकले जनाएको छ। बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, सञ्चालन नाफा ४२.१६ प्रतिशतले घटेर १९ करोड ७७ लाख ७७ हजार रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँबाट बढेर २ अर्ब ४३ करोड ३० लाख रुपैयाँ पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको प्रतिसेयर आम्दानी ०.२८ पैसा घटेर १ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८.३३ रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष १४ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्म बैंकले ३ खर्ब २७ अर्ब ५० करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९ अर्ब ३१ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यस अवधिमा बैंकको खराब कर्जा ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत पुगेको छ

प्रतिकृया