• ४ साउन २०८३, सोमबार
  • ३:१८ बिहान

नेपालमा मोन्था चक्रवातको प्रभाव घट्दो, पश्चिमी वायुको आंशिक असर जारी

प्रकाशित मिति

२०८२ कार्तिक १५ गते, शनिबार ०९:४८

कात्तिक  १५, २०८२ काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा ‘मोन्था’ चक्रवातको प्रभाव घट्दै गएको भए पनि पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक असर कायम रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रहने र बाँकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र बागमती–गण्डकी प्रदेशका उच्च भूभागमा हल्का हिमपात हुन सक्ने सम्भावना छ।

Kamana Sewa

राति कोशी र मधेस प्रदेशमा साधारणतया बदली रहने र बाँकी प्रदेशमा आंशिक बदली रहने जनाइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना छ।

Classic Tech Desktop

आज सूर्योदय बिहान ६ बजेर १४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिकृया