देशका सातै प्रदेशमा वर्षा, केही पहाडी क्षेत्रमा हिमपातको सम्भावना
प्रकाशित मिति
२०८२ कार्तिक १४ गते, शुक्रबार ०९:२१
कात्तिक १४, २०८२ काठमाडौं— जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका सातै प्रदेशमा वर्षा र केही क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेशमा भारी वर्षा र हिमपात तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमानमा उल्लेख छ। बाँकी प्रदेशहरूमा भने राति केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना देखाइएको छ।

मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सम्भावित बाढी, पहिरो तथा हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले सचेत रहन सर्वसाधारणलाई सुझाव दिएका छन्।




प्रतिकृया