• ४ साउन २०८३, सोमबार
  • १०:३५ बेलुका

काठमाडौंमा अतिक्रमित जग्गा र अवैध संरचना हटाउन सात दिने अल्टिमेटम

प्रकाशित मिति

२०८२ कार्तिक १४ गते, शुक्रबार ०९:३२

कात्तिक १४, २०८२ काठमाडौं— काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक स्थानमा भएको अतिक्रमण र मापदण्ड विपरीत निर्माण भएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएका छन्।

गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्र खाली गर्न निर्देशन दिइएको हो। काठमाडौं महानगरपालिका क्षेत्रभित्र र काठमाडौं जिल्लाका सिमानासम्मका सार्वजनिक स्थानहरूमा रहेका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना निर्धारित समयभित्र नहटाए कानुनी कारबाही गरिने जनाएको छ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया