• ३ साउन २०८३, आइतबार
  • ३:४३ बेलुका

राप्रपाले बहिष्कार गरेको संसदको बैठक भत्ता नलिने

प्रकाशित मिति

२०८२ असार २ गते, सोमबार १२:०४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार भिजिट भिसा प्रकरणमासंसद बहिष्कार गरेको बैठकको भत्ता नलिने भएको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बहिष्कार गरेको आइतबारको बैठकको भत्ता नलिने जानकारी दिएका छन् ।

Kamana Sewa

उनले भनेका छन्- ‘प्रतिनिधि सभाको बैठक २०८२ साल असार १ गते भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै गर्दा जबरजस्ती संसद सञ्चालन गरेकाले राप्रपाले बैठक बहिष्कार गरेको थियो । उक्त बैठकबाट प्राप्त हुने बैठक भत्ता नलिने निर्णय राप्रपाको संसदीय दलले गरेको छ ।’

Classic Tech Desktop

शाहीले उक्त बैठकको भत्ता राजस्वमा फिर्ता पठाइदिन संघीय संसदका महासचिवलाई अनुरोध गरेका छन् ।

प्रतिकृया