• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

नेपाल इन्स्योरेन्सको हकप्रद अनुपात घट्यो

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार १०:३६

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढेकाले हकप्रद शेयरको अनुपात घटाउने निर्णय गरेको छ।

कम्पनीले यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको आधारमा १०:४ को अनुपातमा ६५ लाख ७६ हजार ९७६.७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न स्वीकृति पाएको थियो।

Kamana Sewa

तर, कम्पनीको गत चैत १९ गते सम्पन्न वार्षिक साधारणसभाले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेपछि चुक्ता पूँजी बढेर हाल १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ पुगेको छ। यस आधारमा, धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार अब कम्पनीले १०:३.४७८३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।

Classic Tech Desktop

यसअन्तर्गत कम्पनीले हकप्रद शेयर निष्कासनको लागि जेठ ३० गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयरधनी रहेका लगानीकर्ताहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।

हालसम्म हकप्रद शेयर निष्कासनको मिति भने तोकिएको छैन। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबि एस क्यापिटल लिमिटेडले लिएको छ।

प्रतिकृया