• ४ साउन २०८३, सोमबार
  • ७:५० बेलुका

पाल्पामा पनि पाइन थाल्यो बहुमूल्य यार्सागुम्बा

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार १०:५५

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नं.३ रिमिघा लेकमा यार्सागुम्बा फेला परेको छ। उक्त भेटिएको यार्सागुम्बालाई राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरको परीक्षण गर्दा बहुमूल्य जडीबुटी यार्सागुम्बा भएको पुष्टि भएको हो ।

गत साता रिमिघा लेकमा झाडी सफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्दा यार्सागुम्बा जस्तो वस्तु भेटिएको थियो ।गाउँपालिकाले सो क्षेत्रमा प्रवेश निषेध गरेको छ र सूचना जारी गरी सर्वसाधारणलाई रोक लगाएको छ।

Kamana Sewa

प्रतिकृया