• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन

प्रकाशित मिति

२०८२ जेष्ठ ४ गते, आईतवार ०२:१६

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले संविधानविरोधी गतिविधिलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन दिएका छन् । आइतबार बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै आईजीपी थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका हुन् । यही जेठ १५ गते राजावादीले गर्ने भनिएको प्रदर्शनका सन्दर्भमा उच्च सतर्कता अपनाउन उनले जोड दिएका हुन् ।

आईजीपी थापाले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने बताए । सोही सन्दर्भमा उनले प्रहरी अधिकृतले मातहतका कर्मचारीलाई कुटपिट गरेको घटनाले प्रहरी सङ्गठनलाई बदनाम गरेको बताए । गलत काम गर्ने कर्मचारीलाई सङ्गठनको विधिअनुसार कारबाही हुने आईजीपी थापाको भनाइ छ । कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

Kamana Sewa

प्रतिकृया