• ४ साउन २०८३, सोमबार
  • ७:०८ बेलुका

अदालतमा अनौठो र गैरसंवैधानिक परिदृश्य देखिन थालेको छ: सोविता

प्रकाशित मिति

२०८२ जेष्ठ ४ गते, आईतवार ०१:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले पछिल्लोसमय अदालतमा अनौठो र गैरसंवैधानिक परिदृश्य देखिन थालेको बताएकि छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले “पछिल्लोसमय अदालतमा अनौठो र गैरसंवैधानिक परिदृश्य देखिन थालेको छ । अदालतले प्रतिवादीलाई जानकारी नदिई मुद्दाको पेसी तोक्ने र सुनुवाइ सुरु गर्ने कार्य भइरहेको गुनासो सुनिन्छ । सुनुवाइ सुरु गरेको मुद्दा हेर्दाहेर्दैमा छ, अनि बल्ल पेसीको जानकारी प्रतिवादीलाई देऊ भन्ने आदेश हुनु अचम्मै हो,” उनले भनिन् ।

Kamana Sewa

संविधानको रक्षा गर्न अदालत कति सक्षम छ भन्ने प्रश्न पनि जन्मिएको उनको भनाइ छ । उनले न्यायालय सुधारको आवश्यकता रहेको पनि बताएकि छिन । “सरकार र संसद् त जनताले निर्वाचनको माध्यमबाट फेर्न सक्छन् तर अदालत त न्याय र आस्थाको धरोहर हो । यसको विकल्प छैन तर बृहत्तर सुधारबिना न्यायालयबाट जनता दुखी छन्,” उनले भनिन् ।

Classic Tech Desktop

प्रतिकृया