• ४ साउन २०८३, सोमबार
  • ७:०८ बेलुका

रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश

प्रकाशित मिति

२०८२ जेष्ठ ४ गते, आईतवार ०२:३०

काठमाडौं । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ ।

मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश जारी गरेको हो । शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएका थिए । त्यसपछि इजलासले आइतबारका लागि निवेदनहरूलाई हेर्दाहेदैमा राख्ने आदेश गरेको हो ।

Kamana Sewa

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले २५ पुसमा लामिछानेलाई ६५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो ।

Classic Tech Desktop

प्रतिकृया