• 9:00 am

जम्मू–कश्मीरमा आतंककारी र सुरक्षा बलबीच मुठभेड

प्रकाशित मिति

२०८२ बैशाख १२ गते, शुक्रबार ११:३६

वैशाख १२, २०८२ काठमाडौँ: जम्मू–कश्मीरको बान्दीपोरामा आतंककारी र सुरक्षा बलबीच मुठभेड भएको छ । भारतीय सेनाले सामाजिक सञ्जाल एक्सबाट मुठभेडको बारेमा जानकारी दिएको छ ।

भारतीय सेनाले भनेको छ, ‘आतंककारीहरूको उपस्थितिबारे विशेष गुप्तचरको आधारमा भारतीय सेना र जम्मू–कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गर्‍यो छ ।’ सेनाका अनुसार आतंककारीसँगको मुठभेड अझै जारी छ ।

यसअघि बिहीबार उधमपुरमा सुरक्षाबल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको थियो ।

मंगलबार जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो । उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।

प्रतिकृया