• 9:23 am

वोल्भ्ससँग म्यानचेस्टर युनाइटेड पराजित

प्रकाशित मिति

२०८२ बैशाख ८ गते, सोमबार १०:०४

वैशाख ८, २०८२ काठमाडौँ: म्यानचेस्टर युनाईटेड वोल्भ्ससँग पराजित भएको छ ।

प्रिमियर लिग अन्तर्गतको गएराती सम्पन्न खेलमा वोल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । वोल्भ्सको जितमा खेलको ७७औं मिनेटमा पाब्लो सरबियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि वोल्भ्सको ३३ खेलमा ३८ अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ । त्यसैगरी म्यानचेस्टर युनाइटेड भने ३३ खेलमा ३८ अंकसहितनै १४औं स्थानमा रहेको छ ।

प्रतिकृया