• ३ साउन २०८३, आइतबार
  • ३:३९ बेलुका

नेप्से परिसुचक ७५ अंकले बढ्दा कारोबार सवा १४ अर्ब नाघ्यो

प्रकाशित मिति

२०८१ फाल्गुन १८ गते, आईतवार ०४:४७

फाल्गुण १८, २०८१ काठमाडौँ: साताको पहिलो कारोबार दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह देखिएको छ । कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से आईतबार अन्तिम समयमा ७५.२४ अंकले बढ्दै २८ सय ९० को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका कुल ३ सय २ कम्पनीका २ करोड ९१ लाख ६६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १४ अर्ब २५ करोड ४ लाख माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये म्युचुअल फण्डबाहेक सबै समुहको परिसुचक उकाला लागेका छन् ।

Kamana Sewa

आज कारोबारमा आएकामध्ये ४४ कम्पनीको सेयरमूल्य घटेको छ भने १ सय ९६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज सेयरमुल्य बढेका कम्पनीहरुमध्ये पनि ५ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

Classic Tech Desktop

प्रतिकृया