• 11:04 am

पुजा महतो बनिन् महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी

प्रकाशित मिति

२०८१ माघ २५ गते, शुक्रबार ०४:४४

माघ २५, २०८१ काठमाडौँ: नेपाली क्रिकेट टिमकी अलराउण्डर पूजा महतो काठमाडौँमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन्।

प्रतियोगितामान जितविहीन रहे पनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन् । उनले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन्‌ भने ३ विकेट पनि लिइन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा पुथावोङ घोषित भइन्। यस शृंखलाको उपाधि थाइल्याण्डले‌ जितेको छ ।

प्रतिकृया