सलोनको फिल्म ‘रंगी’ ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट
प्रकाशित मिति
२०८१ माघ २५ गते, शुक्रबार ०४:३९

माघ २५, २०८१ काठमाडौँ: सलोन बस्नेतको फिल्म ‘रंगी’ ले ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको हो । ‘यू’ सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको विशेषत बाबुछोरीको कथामा आधारित छ । आगामी फागुन २ गते रिलिज हुने फिल्मको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुशी छ। प्रस्तुतकर्ता बस्नेतले सेन्सर बोर्डका सदस्यहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको बताए ।
फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ। फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । पूर्व मिस नेपाल नम्रताले यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्दैछिन् ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन र सौरभ लामाको छायांकन छ । यस फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
प्रतिकृया