• ४ साउन २०८३, सोमबार
  • ३:५७ बिहान

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित छात्रावास भवनको उद्‌घाटन

प्रकाशित मिति

२०८१ माघ २५ गते, शुक्रबार ०४:००

माघ २५, २०८१ काभ्रेपलाञ्चोक : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित छात्रावास भवनको शुक्रबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभयो । उद्‍घाटन पश्चात उहाँले नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माणमा विशेष योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई प्रंशसापत्र प्रदान गर्नुभयो ।

Kamana Sewa

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको पहिलो विद्यालयको रूपमा स्थापित यस विद्यालयले नेपाल प्रहरी तथा सर्वसाधारणका सन्ततिका लागि गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रको साथै विद्यार्थीहरूको चौतर्फी विकासमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

Classic Tech Desktop

प्रहरी महानिरीक्षक कुँवरले विद्यालयले सुधारका लागि अंगिकार गर्ने रचनात्मक पहलहरू, विद्यालयलाई थप स्रोत तथा साधनहरूबाट सुसम्पन्न गराउने प्रयासहरू एवम् विद्यालयको क्षमता र सुविधा विस्तारसँगै समयानुकूल स्तरवृद्धि गर्ने सन्दर्भमा नेपाल प्रहरी प्रधान कार्यालय सदैव चिन्तनशील रहँदै आएको उल्लेख गर्नुभयो । नवनिर्मित भवनले अध्ययनरत छात्राहरूको रहनसहन तथा बसाईमा सहजता प्रदान गर्ने र व्यवस्थापकीय दृष्टिकोणबाट समेत स्कुलको शैक्षिक गतिविध अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी सवल र सक्षम नागरिक बनाउने जिम्मेवारीमा खरो उत्रन विद्यालय व्यवस्थापन पक्षलाई उहाँले आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफ्नो शुभकामना मन्तव्य तथा स्कूलका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोतबाट कूल ६ करोड २५ लाख ८० हजार ३ सय ५४ रूपैयाँ ५८ पैसाको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, बनेपा नगरपालिकाका उपप्रमुख, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, शिक्षक तथा विद्यार्थीहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया