• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

नागढुंगाबाट ५०२ ग्राम सुनसहित एक जना पक्राउ

प्रकाशित मिति

२०८१ कार्तिक २२ गते, बिहीबार ०२:१५

कार्तिक २२ , २०८१ काठमाडौँ: नागढुंगाबाट प्रहरीले ५०२ ग्राम सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ । कैलाली टिकापुर नगरपालिका-४ का २३ वर्षीय एलिस ढकाललाई नागढुंगबाट खटिएको प्रहरी टोलीले बिहीबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले बताए ।

नेपालगन्जदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको यात्रुवाहक बसलाई चेक जाँच गर्ने क्रममा सोही बसमा सवार ढकाललाई उक्त परिमाणको सुनसहित नियन्त्रणमा लिएका हो ।

Kamana Sewa

बरामद सुनसहित उनलाई प्रहरी वृत्त थानकोबाट थप अनुसन्धान भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया