• ३ साउन २०८३, आइतबार
  • ४:४६ बेलुका

अफगानिस्तानद्वारा नेपाललाई २ सय ६२ रनको लक्ष्य

प्रकाशित मिति

२०८० मंसिर २४ गते, आईतवार ०३:२८

मंसिर २४, २०८० काठमाडौँ: एसिसी यू-१९ एसिया कपको दोस्रो खेलमा टस जितेर पहिले बलिङ गरेको नेपाललाई अफगानिस्तानले २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । ३३ रन जोड्दा ३ विकेट गुमाएको अफगानिस्तानका लागि जम्सिद जाद्रानले सर्वाधिक १०६ रनको इनिङ खेले ।

त्यस्तै नुमन साहले ६० रन बनाउँदा रहिमुलाह जुरमाथीले ३५ रनको योगादान दिएका थिए । त्यस्तै वफिउल्लाह तरखिलले १५ रन बनाउँदा खालित तनिवालले १० रन बनाए ।

Kamana Sewa

नेपालका लागि हेमन्त धामी गुल्सन झा र शुवास भण्डारीले २-२ विकेट लिंदा आकाश चन्द, दिपेश कँडेलको नाममा समान १-१ विकेट रह्यो । आज जित्नै पर्ने खेलमा नेपालले अफगानिस्तान विरुद्ध नेपाल केही समयमा जवाफी ब्याटिङका लागि मैदान उत्रिने छ ।

Classic Tech Desktop

दुबई स्थित आइसिसी एकेडेमी ओभल-२ मा हुने खेलमा नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नु पर्ने दबाब रहेको छ ।

अफगानिस्तान पहिलो खेलमा भारतसँग हारेको थियो भने नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

प्रतिकृया