• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

जीवन र सम्झौता

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार १२:००

१४ श्रावण २०८०, काठमाडौँ: जीवनलाइ कसैले संघर्षको मैदान ठान्छन भने कसैले ओइलाएको फुल । कसैले जविनलाइ सलल बगेको खोलाको पानी जस्तै मान्छन भने कसैले यदि ऊसंग भेट नभएको भए मान्दछन । हरेक दिन हामीलाइ जीवन असाध्यै कठिन भयो भन्ने लाग्छ । के जीवन कठिन हो त ? जीवन कठिन छ त ? कसैको तुलनामा जीवन कति कठिन छ र कसैका अगाडी सरल छ । जीवनमा निराशाहरु र कठोरताहरु हामीसंगै साथि बनेर बसेका छन । तपाईका र अरुका कठिनाइहरु आपसमा तुलना गर्नुपर्छ । हामीसंग यति धेरै मानवीय सञ्जालहरु छन कि हामी यिनै कारणहरुले गर्दा आफै जालमा परेका छौ । जीवनका सबै जालहरु काट्नै पर्छ भन्ने हो भने संसारमा मान्छे मात्र होइन भगवान पनि दुखित हुन्छन् । म तपाई प्रति शंका होइन एउटा कुरा खोजी रहेकोछु । तिम्रो नजरमा तिमी कति सहि छौ । आफैले आफैलाइ ठीक बनाउन तिर लाग । अरु त जे हुन जे गरुन । आफु सहि हुने हो भने अरुले तिमीलाइ सहि नमाने पनि तिमीले परवाह गर्नु हुँदैन । तिम्रो इच्छाहरु अरुले मन पराउँदैनन्, त्यसैले तिमी पनि अरुका इच्छाहरुका भरमा विश्वास नगर ।


ग्रिसका एक जना दार्शनिक काठ र ढुङ्गाका मुर्तिहरुसंग भिख माग्ने गर्दथे । अरुले तपाई किन यसो गर्नु हुन्छ भन्दा उनको भनाइ थियो ः आफैलाइ असफलताहरुमा बानी पार्न सिकाउनु पर्छ । किनकि मागेर केही पनि पाइदैन भन्ने शिक्षा लिन मैले यसो गरेको हो । उनी भन्थे गरीबहरु कहिल्यै बुद्धिमान हुन सक्दैनन् किनभने उनीहरु अरु माथि आशावादी हुन्छन । जीवनमा शिक्षा भन्दा रचना महान हुन्छ । त्यसैले हाम्रा विचारहरु मानव जातिका लागि पद प्रर्दशक बन्न सकुन भनेर विचार प्रवाह गर्नु पर्दछ । मानिसहरु सबैलाइ जन्म त सामान्य तवरले मिलेको हुन्छ । तर कस्तो जीवन बनाउने वा बिताउने हो भन्ने चाहि भगवानले तिम्रो इच्छा अनुसार छाडी दिएका छन । अथवा तपाइको जीवन तपाईले नै बनाउने हो चाहे करोडपति बनाउनोस वा रोडपति । सबै कामहरुलाई रोमान्चकता मात्र बनाउन जान्नु पर्छ । यसले गर्दा जीवन सुन्दर बन्छ । एउटा घरमा पुरानो विणा बाजा थियो । राती बिरालोले विणाको तारमा छुँदा ठुलो स्वर बज्यो र घरका सबै के भयो भनेर डराएर उठे । घरकाले विणालाइ फोहोरमा लगेर फाले । एउटा भिखारीले त्यो विणा उसको घरमा लगेर गयो । त्यसलाइ अति शानदारको बनायो । विणाबाट अब अति नै मधुर स्वर निस्कन थाल्यो । शुरुमा घर धनीहरुले भन्न थाले यति राम्रो धुन दिने विणा त हाम्रो पुख्र्यौली सम्पति हो । हामीलाइ फिर्ता गर । भिखारी भन्छ विणा त्यसैको हो जसले बनाउन र बजाउन जान्दछ । त्यो विणा बजाउन नजान्दा शान्ति भंग भएको थियो तर बजाउन जान्दा यसैबाट शान्ति मात्र आउँछ । जीवन पनि यो विणाको कथा जस्तै छ । तपाइ पनि जीवनको विणा बजाउन सिक्नोस ।

Kamana Sewa

संसारमा खराव मानिसहरु धेरै छैनन् तर हामी ठान्छौ खराब मानिसहरु बढी छन । संसारमा निष्क्रिय मानिसहरु चाहि बढी छन् जो आत्मा देखि नै निष्क्रिय बन्दछन् । आत्म ज्ञान आफैले आफैबाट पाउने हो, आत्मा ज्ञान आफैले आफैलाइ दिने ज्ञान हो । तपाईले पाप गर्नु भएको छैन तर तपाइले पाप गर्नेहरुलाइ रोक्नु भएको छैन् भने तपाई पनि पापी नै हो । जो राम्रो काम गर्दैनन् ती खराब होइनन् तर खराव देखेर पनि त्यो कामलाइ नरोक्ने चाहि खराब मानिसहरु हुन् । तपाई पनि नराम्रोको प्रतिवाद गर्नोस् । तपाइ आज जहाँ हुनुहुन्छ नी त्यही हो तपाईको उन्नतिको शिखर । त्यसैले तपाइले त्यहींबाट महान काम गर्नुपर्छ । भोलि होइन आजै काम थाल्नोस । तपाई अहिले कहाँ हुनुहुन्छ भन्दा पनि कुन दिशामा हिड्नु भएको छ त्यो चाहिँ ठुलो कुरा हो । तपाईको जिन्दगी भित्र के के सम्पति वा मूल्यवान कुराहरु छन, जिन्दगीको उत्खनन् गरेर ती कुराहरु बाहिर ल्याउनु पर्छ । तिमी भित्र राष्ट्रपति बन्ने सम्भावना छ भने किन तिमी क्षुद्रपति बनेर जिन्दगी बिताउँदछौं । बाटो बिराएर घना जंगलका बीचमा उभिनु कुनै सुत्र होइन । तर घना जंगलबाट किनारा तिर जानु चाहि ठुलो सुत्र हो । शिखर चढ्नेलाइ थाहा हुन्छ कि एक एक पाइलाको महत्व कति हुन्छ भनेर । नयाँ चुनौतीसंग डराउनु हुदैन त्यससंग लप्पा खेल्नु पर्छ । त्यस पछि मात्र उ डराएर भाग्दछ । तपाई ठूलो काम गर्न सक्नु हुन्छ तर तपाईको मनले दिएका सल्लाहका कारण तपाई अलमलिनु भएको मात्र हो । साना कामहरुले नै त्यो ठूलो काम बनाउँदछ सहयोग गरेका हुन्छन । साना नानीहरुलाइ छाता ओडाइ दिनोस त नानी कति खुशि होला । असल भनेको दानी, धनी भन्ने होइन, सहयोगी हुनु हो ।

Classic Tech Desktop

हामीले आफुसंग भएको क्षमतालाइ बुझ्नै सकेनौ । तपाइले म यो परिस्थितिले जन्माएको मान्छे हो भन्ने थाहा नै पाउनु भएको छैन । अहिले तपाइसंग जे छ त्यो तपाइले नै छनौट गरेर निकालेका कुराहरु हुन् । हामी सबै जना मेरो जिन्दगी सहज, सुरक्षित र सरल होस् भन्ने चाहन्छौं । हामीले सस्तो सुविधा र सजिलो जिन्दगी बिताउन खोज्दा अनेकौ जटिलताहरु आएका मात्र हुन् । तिमीले सोचेको जिन्दगीको सुरक्षित किल्ला भन्ने नै असुरक्षित स्थान बनेको हुन्छ । त्यसलै तिमी संकुचित सोचाइको दास नबन । तिमीलाइ चाहाना भएका कुराहरुका लागि सोचाइका विरुद्ध पनि जाउ । हामी पछि पर्नु भनेको हाम्रा सोचाइको दास बन्नु र आफु विरुद्ध हिड्ने साहास नगर्नु पनि हो । तिमी तिम्रा अहिलेका सोचाइहरुले खुम्चीएका छौ । तिमीले सहज परिस्थितीलाइ असत्य बनाउन खोजेका छौ । तिमीले नचाहिने कुरामा अडान लिएका छौ । जीवनमा आएका स्वाभावलाइ स्वीकार गर र समझदारीमा जान सिक ।


एक जना कविको घरलाइ शान्तिको उदाहरणको घर मानिन्थ्यो । कविको परिवार सँधैं सुख र शान्तिसंग रमाउथे । यो घरको शान्तिको श्रोतको कारण जान्नका लागि अर्को मान्छे त्यो घरमा गयो । कवि चर्खामा धागो काटी रहेका थिए । कविले श्रीमतिलाइ मलाइ गुलियो खान देउ भनेर अराए । श्रीमतीले भित्र गएर नुनिलो नमकिन ल्याइदिइन । उनले नुनिलो निमकिन खाए । उनले श्रीमतिलाइ दियो बालेर ल्याउ भने । श्रीमतीले दिउँसै दियो बालेर ल्याइन । त्यो बाहिरको मान्छेलाइ यो कुरा चित्त बुझेन । अब त्यो मान्छे प्रश्न गर्छ मलाइ तपाइकि श्रीमतिको व्याबहार चित्त बुझेन । तपाइले मिठो माग्दा नुनिलो दिइन । टण्टलापुर घाममा पनि दियो बालेर ल्याइन । अब ति कवि उत्तर दिदै भन्छन ः यस्ता विषयहरुमा वहस गरेर केहि फायदा हुदैन । अनावश्यक बहसले शक्ति मात्र क्षय गराउदछ । मलाइ गुलियो र नुनिलो खानमा खासै अन्तर छैन तर म यो सानो विषयलाइ लिएर घरको शान्ति भंग हुन दिन्न । हामी सबै जना नहुने कुराहरुमा लाप्पा खेल्छौ र शान्ति भंग गर्दछौं । जीवनको सबै भन्दा ठुलो शान्ति र शक्ति भनेको डराएर सम्झौता गर्नु होइन तर सम्झौता गर्न चाहि नडराउनु हो । हामीले नचाहिने कुराहरुमा डराएर धेरै कामहरु खत्तम बनाएका छौ । अब चाहि यो बानी सदाका लागि हटाउनु पर्छ । यहि हो जिन्दगी ।
(लेखका लागि सबै प्रकारका सन्दर्भहरु प्रति आभारी छु ।)

प्रतिकृया