• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

भक्तपुर जिल्लालाई पहिलो सडक मानवमुक्त बनाउन सबै एक जुट होऔं : सुरेश श्रेष्ठ

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ११:५७

१४ श्रावण २०८०, काठमाडौँ :  भक्तपुरलाई सडक मानव मुक्त जिल्ला बनाउन विभिन्न निकाय एक भएर लागि परेका छन् ।साउन १३ गते शनिवार राती ९ बजे देखि भक्तपुरलाई सडक मानव मुक्त जिल्ला बनाउन विभिन्न सरोकारवालाहरू एक जुट भएर रातमा सडक मानव खोजी कार्यमा एक भएका छन् । 

National Life

बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको प्रमुख आतिथ्ययतामा भक्तपुरलाई पहिलो सडक मानव मुक्त जिल्ला अभियानको थालनी गरिएको छ । भक्तपुरको पाँच तले मन्दिर प्राङ्गणबाट उक्त अभियान थालनी गरिएको हो ।  अभियानको थालनी गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले भक्तपुरलाई नेपालको नै पहिलो सडक मानव मुक्त जिल्ला बनाउन सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।


उहाँले मानिस सडकमा रहरले नबस्ने बताउँदै कुनै न कुनै बाध्यताका कारण मानिस सडकमा पुग्ने बताउँदै उनीहरूको उचित व्यवस्थापनमा सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभयो ।  बागमती प्रदेशलाई नै पहिलो सडक मानवमुक्त प्रदेश बनाउन आफूले गर्न सक्ने सम्पूर्ण काम गर्ने उहाँले बताउनुभएको थियो । 

Classic Tech Mobile
Classic Tech Desktop

सडक किनार वा पाटी पौवामा रात बिताउने सडक मानवहरूको उचित व्यवस्थापनका लागि सात दिन सम्म उक्त अभियान चलाइने अभियन्ता नवराज काफ्लेले जानकारी दिनुभयो ।  भक्तपुरमा भएका विभिन्न सङ्घ संस्थाहरूले सडकबाट उठाएका सडक मानवहरूलाई लालन पालन तथा व्यवस्थापन गर्ने काम गर्ने समेत उहाँले जानकारी दिनुभयो । 


आफ्नो वडा नेपाल, मानव सेवा आश्रम, लायन्स क्लब, पातञ्जल योग सेवा केन्द्र, मानव सेवा घर आश्रम, आफ्नो घर आफ्नो आश्रम, जिल्ला परिसर भक्तपुर, स्वच्छ हावा सञ्जाल, गैसस महासङ्घ, तौमडी यूथ क्लब,वेव ग्रुप, स्थानीय निकाय लगायत विभिन्न सङ्घ संस्थाको सहयोगमा भक्तपुर सडक मानवमुक्त बनाउन एक जुट भएर लागेका छन् । सात दिन सम्म चल्ने उक्त अभियान भक्तपुरका चार नगरपालिकामा नै रहेका सडक मानवहरूको उद्धार तथा उनीहरूलाई परिवार सँग मिलन गराउने वा विभिन्न सङ्घ संस्थाहरूमा नै राखेर स्वास्थ्य उपचार तथा बालबालिकाका लागि शिक्षा दीक्षा दिने व्यवस्था गर्ने उद्देश्यका साथ अभियान चालिएको हो ।

प्रतिकृया