• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

आज सुन–चाँदीको मूल्य बढ्याे

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ११:३५

१४ श्रावण २०८०, काठमाडौँ : आज साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Kamana Sewa

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो।

Classic Tech Desktop

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।v

प्रतिकृया