• ८ भदौ २०८३, मंगलबार
  • १०:४२ बिहान

आज निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

प्रकाशित मिति

२०८० जेष्ठ २६ गते, शुक्रबार ०८:१९

२६ जेठ २०८०, काठमाडौँ : निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजी लगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाइएको छ ।


अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो ।

Kamana Sewa

निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली सङ्कलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलका लेखा परीक्षणको सम्बन्धलगायतका विषयमा पनि आज छलफल हुने प्रवक्ता पौडेलले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया