• ८ भदौ २०८३, मंगलबार
  • १०:३६ बिहान

प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित मिति

२०८० जेष्ठ २६ गते, शुक्रबार ०८:०८

२६ जेठ २०८०, काठमाडौँ : आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक पनि बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल जारी रहने छ। बजेटमाथिको छलफल गत सोमबारबाट सुरू भएको हो।


सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ। त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

Kamana Sewa

आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित र पहिलो संविधान सभा सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ।

Classic Tech Desktop

प्रतिकृया