• ८ भदौ २०८३, मंगलबार
  • १०:२८ बिहान

कार्ययोजना कार्यान्वयनको लागि ऋण लगानी नगरे महाप्रबन्धकबाट बहिरीने

प्रकाशित मिति

२०८० जेष्ठ २५ गते, बिहीबार ०५:०५

२५ जेठ २०८०, काठमाडौँ : उदयपुर सिमेन्ट कम्पनीका महाप्रबन्धक गोपी कृष्ण न्यौपानेले ऋण लगानी नगरे सम्म उद्योगमा नफर्कने भन्दै अल्टिमेटम दिएका छन् । उनले उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयलाई १५ पृष्ठको पत्र लेख्दै यस्तो अल्टिमेटम बुझाएका हुन् । न्यौपानेले काम गर्ने वातावरण नबनाए जागिर नै छोड्ने अर्थ लाग्ने गरि ब्यहोराको पत्र मन्त्रालयलाई लेखेका हुन् ।


‘कार्य योजना कार्यान्वयनको लागि ऋण लगानी गरिदिनुहुन वा मेरो सेवा निरन्तरता नहुने विषय स्वीकार गरी उद्योग सञ्चालनको वातावरण बनाइदिनुहुन अनुरोध’ विषय उल्लेख गरेर बुझाइएको सो पत्रमा आफुले २९ महिनामा गरेका कामको प्रगति विवरण महाप्रबन्धक न्यौपानेले उल्लेख गरेका छन् ।

Kamana Sewa

आफुले लगभग बन्दको अवस्थामा रहेको उद्योगलाई सञ्चालनमा ल्याई नाफा समेत आर्जन गरेकोमा अब अगाडी बढ्न चालु पुँजी र केही थप लगानी आवश्यक परेको भन्दै उनले ऋण माग गरेका छन् ।

Classic Tech Desktop

उनले पत्रमा वाणिज्य बैकबाट ऋण उपलब्ध गराउनको लागि प्रक्रिया गरेकोमा अर्थ मन्त्रालयले सिफारिस गरिदिए तापनि नेपाल राष्ट्र बैकबाट अझै पत्र प्राप्त हुन नसकेको उल्लेख गरेका छन् । उनको भनाइ रहेको छ, ‘एकातिर उत्पादन लागत ह्वात्तै बढेको छ भने, अर्कोतिर सिमेन्टको माग खास गरी बैङ्कले घरजग्गा लोनमा गरेको कडाइ तथा सरकारी निर्माण सुस्त गतिमा हुँदा ह्वात्तै घटेको कारण बजार मूल्य घटाउँदै जानुपर्ने बाध्यता रहेको छ । अब दिनमा १० हजार बोरा उत्पादन गर्न नसके नाफा नहुने, मिल मेसिनरी पुनर्संरचना गरे दैनिक १६ हजार ८ सय बोरा उत्पादन सहजै हुने हालको स्थिति रहेको छ ।‘

प्रतिकृया