एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई बिद्युतिय माध्यमबाट बिनाधितो कर्जा प्रदान गर्ने
प्रकाशित मिति
२०८० जेष्ठ २६ गते, शुक्रबार ०८:३६
२६ जेठ २०८०, काठमाडौँ : एनएमबि बैंक लि. र दराज नेपाल बिच दराज नेपालका बिक्रिेताहरुलाई बिनाधितो बिद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बिशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यम संग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपाल संगको कारोवारको आधारमा रु. ५ लाख सम्मको चालु पुंजीकर्जा प्रदान गर्ने उदेश्य अनुसार गरिएको सम्झौता पत्र एनएमबि बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आंचलकुंवरले आदान प्रदान गरेका थिए ।
सो सम्झौताको बारेमा बोल्दै बैंककानायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले अर्थतन्त्रको बास्तविक क्षेत्र तथा डिजिटलाई जेशलाई प्राथमिकता दिई रहेका र यस कर्जा मार्फत ग्राहकहरुले अनलाईन मार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकाश गरेको र यस कर्जा मार्फत धेरै भन्दा धेरै एमएसएमई MSME कर्जाका ग्राहकहरुको आवश्यक चालुपुंजी पूर्ति गर्ने बैंकले बिश्वास लिएको बताएका थिए ।

यस कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैैंकले लिएको यो प्रयास कोशेढुङ्ग सावित बैंकले बिश्वास लिएको छ। एनएमबि बैंक विगत २७वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधाप्रदानगर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजतपत्रप्राप्त एक अग्रणी वित्तीय संस्थाहो । बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।




प्रतिकृया