• 4:10 pm

थ्रीस्टार हाइड्रोपावरको आइपीओ आजबाट निष्काशन

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार १०:४१

११ वैशाख २०८०, काठमाडौँ: आजदेखि थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले दुईचरण गरि आईपिओ निष्काशन गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र दोस्रो चरणमा सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।


स्थानीय बासिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।


कम्पनीले स्थानीय बासिन्दाहरुका लागि आफ्नो जारी पुँजीको ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको आईपिओ जारी गरेको हो । जसअनुसार यस कम्पनीले १०० अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।


कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च स्तरको जोखिम रहेको संकेत गर्छ ।

प्रतिकृया