निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवासमक्ष हस्तान्तरण
प्रकाशित मिति
२०७९ मंसिर २९ गते, बिहीबार ०५:०८
२९ मंसिर २०७९, काठमाडौँ: निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हस्तान्तरण गरेको छ । बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगी निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो ।
त्यसअघि बिहीबार नै आयोग पदाधिकारीको टोलीले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि हस्तान्तरण गरेको थियो । ४ मंसिरमा निर्वाचन भएको मतपरिणाम आयोगले २५ दिनभित्रै सम्पन्न गरेको छ । निर्वाचन मतपरिणाम राष्ट्रपतिलाई बुझाएपछि अब नयाँ सरकार बन्ने बाटो खुलेको छ ।
Related
Recent News
- एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
- महायज्ञबाट एकैदिन मंगलबार ६३ लाखभन्दा बढी संकलन
- अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार ५ अर्ब माथि
- रोमानिया, युके स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ
- हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- काठमाडौं गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य
- भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित भए नेतान्याहु
- रविलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइयो
- रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय
प्रतिकृया